
काठमाण्डू, १६ असार– कांग्रेसको मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ । जारी केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस भएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् ।
पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो ।