कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाण्डु टुडे २०८२ असार १६ गते १५:०० मा प्रकाशित

काठमाण्डू, १६ असार– रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन आगामी १७ कार्तीकमा हुने भएको छ । आज (सोमबार) निर्वाचन आयोगले काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै आगामी १७ कार्तीकमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो ।

०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत्र १९ गते काठमाण्डू ओम अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us