
काठमाण्डु, २० बैशाख – प्रहरीको ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
सो महाशाखाले जारी गरेको बुलेटिनमा ट्राफिक व्यवस्थापनका दृष्टिकोणले १५ः३० बजेदेखि महाराजगन्ज—लाजिम्पाट—लैनचउर—केशरमहल—दरबारमार्ग—जमल—न्यूरोड—भद्रकाली—सिंहदरबार—माइतिघर—नयाँ बानेश्वर सम्मको सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले वैकल्पीकमार्गको रुपमा महाराजगन्ज—बालुवाटार—नक्साल—जयनेपाल—कमलपोखरी—पुतलीसडक—अनामनगर—थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीले विस्तृत जानकारीका लागि प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।