
नवलपरासी, २० बैशाख – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन् ।
बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन् ।
घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर भएकोले उपचारका लागि भारत लगिएको छ । घाइते अन्सारीको अवस्था भने अहिले सामान्य रहेको छ ।