काठमाण्डु, २० वैशाख– सरकारले दुई छिमेकी भारत र चीन दुवैतिरबाट काठमाण्डुमा रेल ल्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाण्डुलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने उल्लेख छ । वीरगञ्ज– काठमाण्डु र...
काठमाण्डु, २० वैशाख– सरकारले राजधानी काठमाण्डु छिर्ने मुख्य नाकाहरुमा आफैंले गाडी धोइदिने भएको छ । राजधानीका सडक सफा राख्न सरकार आफैंले गाडी धोइदिने व्यवस्था मिलाउने घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत सरकारको...
काठमाण्डु, २० वैशाख– सरकारले प्रमुख राजमार्गहरुमा आपतकालीन विमान अवतरण गर्न मिल्ने गरी सडक विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आपतकालीन विमान अवतरणका लागि राजमार्गलाई धावनमार्गका रुपमा विकास गरिने उल्लेख छ ।...
काठमाण्डु, २० वैशाख – सरकारले महिनावारी हुने उमेरका छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको हो । महिनावारी भएको समयमा विद्यालय जाने छात्राहरुका लागि उचित व्यवस्था नहुँदा आइपर्ने समस्या हल गर्न...
काठमाण्डु, २० वैशाख – सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ । संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन् । गत वर्ष भत्ता बढेको थिएन । वृद्धभत्ता बढाएर...
काठमाण्डु, २० वैशाख – पर्यटन विभागले सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था सामान्य रहेको जनाएको छ । विभागले आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको खबर आएको जनाउँदै कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ । भारतमा आएको फानी...
दाङ, २० वैशाख – घोराहीमा रहेको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको । कुटाकुटका क्रममा एकजनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेतिर झडप भएको थियो । घाइते...
हेटौंडा, २० वैशाख – चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भारतबाट आएको शक्तिशाली चक्रवात फानी को प्रभाव नेपालमा देखिएको छ । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर...
काठमाण्डु, २० बैशाख – सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दाबी गरिरँदा काठमाण्डुमा दिउँसै लुटपाटका घटना बढेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ । बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक...
काठमाण्डु, २० बैशाख – प्रहरीको ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ...
नवलपरासी, २० बैशाख – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन् । घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर...
काठमाण्डु, २० बैशाख – हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ । मौसमविदहरुले बङगालको खाडीमा...