सरकारको योजनाः अब राजमार्गमै प्लेन अवतरण गराउने !

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १९:५० मा प्रकाशित

काठमाण्डु, २० वैशाख– सरकारले प्रमुख राजमार्गहरुमा आपतकालीन विमान अवतरण गर्न मिल्ने गरी सडक विस्तार गर्ने भएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आपतकालीन विमान अवतरणका लागि राजमार्गलाई धावनमार्गका रुपमा विकास गरिने उल्लेख छ । सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने योजना अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us