मुलुक प्रमुख

काफल बेच्दै वर्ष दिनको पढाई खर्चको जोहो गर्दै स्कुले बालबालिका

२०७६ वैशाख २१ गते १७:४६

डोटी, २१ बैशाख – पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार...

महिलाको नाममा भू–स्वामित्व बढ्दै

२०७६ वैशाख २१ गते १६:२१

लमही, २१ बैशाख – पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि...

शान्तिनगरमा मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालक पक्राउ

२०७६ वैशाख २१ गते १५:५८

काठमाण्डु, २१ बैशाख – बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा४२प...

बारा र पर्साको टोर्नेडो प्रभावित क्षेत्रमा आवास निर्माण सुरु

२०७६ वैशाख २१ गते १५:५२

काठमाण्डु, २१ बैशाख – बारा र पर्सा जिल्लामा आएको टोर्नेडो प्रभावितका लागि आवास निर्माणको काम सुरु भएको छ । शनिबार टोर्नेडो प्रभावित विभिन्न १२ स्थानबाट एक साथ आवास निर्माणको काम सुरु भएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उप एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव...

शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले दमन गर्योः नर्सहरु

२०७६ वैशाख २१ गते १५:३८

काठमाण्डु, २१ बैशाख – सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन...

ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु

२०७६ वैशाख २१ गते १४:४९

हुम्ला, २१ बैशाख – जिल्ला प्रहरी कार्यालयमा ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका–१ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो । ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

मन्त्री तथा सरकारी क्वाटरमै खानेपानीको ‘हाहाकार’

२०७६ वैशाख २१ गते १३:४४

सुर्खेत, २१ बैशाख – वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर...

नेपालमा फानीकाे प्रभावः आइतबारसम्म वर्षा र हिमपात हुने

२०७६ वैशाख २१ गते १३:३४

काठमाण्डु, २१ बैशाख – बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’ को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ  । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने...

नेपाल भारत सीमा नाका दुई दिन बन्द

२०७६ वैशाख २१ गते १२:५५

काठमाण्डु, २१ बैशाख – भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि...

प्रहरीले नै महिला कुटेपछि…

२०७६ वैशाख २१ गते १२:०४

नवलपरासी, २१ बैशाख – नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीको सामान बोकेको भन्दै महिलामाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएकी महिलालाई उपचारका लागि नेपाल प्रहरीले जिल्लाको पृथ्वीचन्द्र अस्पताल पुर्याएको छ । घरायसी प्रयोजनका लागि ल्याइएको सामान तस्करीको हो भन्दै सशस्त्र प्रहरीले केहि महिलामाथि कुटपिट गरेको...

बाजुरामा भाइरल ज्वरोको प्रकोप फैलियो

२०७६ वैशाख २१ गते ११:४७

बाजुरा, २१ बैशाख – बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए ।...

१३६ यात्रु बोकेकाे विमान रन वेबाट चिप्लिएर नदीमा खस्यो

२०७६ वैशाख २१ गते ११:४०

एजेन्सी – अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लिएर नदीमा खसेको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us