
हुम्ला, २१ बैशाख – जिल्ला प्रहरी कार्यालयमा ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका–१ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो ।
ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हृदयघातले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
प्रहरी हवालदारको ११ बजेर ३० मिनेटमा मृत्यु भएको घोषणा गरिएको छ । हवालदारको शवलाई जिल्ला अस्पताल हुम्लाको शव गृहमा राखिएको छ ।