नेपाल भारत सीमा नाका दुई दिन बन्द

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, २१ बैशाख – भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय बांकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो ।

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने बताइएको छ ।

लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us