१३६ यात्रु बोकेकाे विमान रन वेबाट चिप्लिएर नदीमा खस्यो

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते ११:४० मा प्रकाशित

एजेन्सी – अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लिएर नदीमा खसेको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।

ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् ।

ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो । दुर्घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ । विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us