
काठमाण्डु, २१ बैशाख – बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ ।
दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा४२प ३३३२ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।
स्कुटर पल्टिए पनि त्यसमा सवार दुई युवाहरुलाई भने केही भएको छैन । स्कुटर पल्टिएपछि युवाहरुले विवाद गरेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंका गरिएको छ ।