मुलुक प्रमुख

सरकारले भन्योः मौसम खराब छ, हेलिकोप्टर नउडाउनू !

२०७६ वैशाख २० गते ११:०७

काठमाण्डु, २० वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै रहेको जनाएको छ । महाशाखाले आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको जनाएको छ । महाशाखाले एक बुलेटिन जारी...

नवलपुरमा हावाहुरीसहित भारी वर्षा, विद्यालय बन्द

२०७६ वैशाख २० गते १०:२३

नवलपरासी, २० वैशाख – नवलपुरमा हावाहुरीसहितको भारी वर्षाका कारण विद्यालय बन्द गरिएको छ । हावाहुरीका कारण संम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो । हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।...

काठमाण्डुमा बस दुर्घटना, थप विवरण आउन बाँकी

२०७६ वैशाख २० गते १०:१८

काठमाण्डु, २० वैशाख – काठमाण्डुमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चावहिल–जोरपाटी–बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ । दुर्घटना...

चौलानी नदीमा हामफालेर किशोरी बेपत्ता

२०७६ वैशाख २० गते १०:०९

बैतडी, २० वैशाख – बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी १५ वर्षीया आशा नाथ रहेकी छिन् । बिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला...

भारतमा आएको ‘फानी’ नेपाल आउँदैनः मौसमविद

२०७६ वैशाख २० गते १०:०५

काठमाण्डु, २० वैशाख – समुन्द्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने...

अभियुक्तसँग प्रहरीका डिएसपीको कनेक्सन देखिएपछि…

२०७६ वैशाख १९ गते २२:१३

काठमाण्डु, १९ वैशाख– अभियुक्तसँग सम्बन्ध रहेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । डकैती घटनाका अभियुक्तसँ मोबाइलमा सन्देश पठाएको देखिएपछि छानबिनका लागि ढुंगेललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत थिए । गत चैत...

एसएसपी पोखरेल डिआईजीमा बढुवा

२०७६ वैशाख १९ गते २१:५८

काठमाण्डु, १९ वैशाख– गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्ष (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ । बिहीबार बसेको बढुवा सिफारिस समिति बैठकले पोखरेललाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गाडी दुर्घटनामा निधन भएका डिआईजी सुशील भण्डारीको रिक्त स्थानमा...

घोडाघोडी जंगलमा युवा–युवतीकाे शव भेटियो

२०७६ वैशाख १९ गते १७:४३

कैलाली, १९ वैशाख – कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या...

पुनर्निर्माणका लागि साउदी सरकारद्धारा नेपाललाई ३ अर्ब ३३ करोड उपलब्ध

२०७६ वैशाख १९ गते १६:५७

काठमाण्डु, १९ बैशाख – २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...

जन्तीको मृत्युभएपछि पालुङटार तनावग्रस्त

२०७६ वैशाख १९ गते १६:२१

गोरखा, १९ बैशाख – बिवाहमा जन्ती आएका युवककाे कुटपिटबाट मृत्यु भएपछि गोरखाको पालुङटार तनावग्रस्त बनेको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती विष्णुबहादुर कुमालको मृत्यु भएपछि अल्कटार बासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । पीडीत पक्षले उचित क्षतिपुर्तिको माग गर्दै...

फानीको डरले भारतमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, नेपालमा कस्तो प्रभाव पर्छ ?

२०७६ वैशाख १९ गते १६:१२

काठमाण्डु, १९ वैशाख – भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बीबीसीले जनाएको छ । फानी नाम दिइएको आँधी २...

जाजरकोटमा अनुदानको चामल बाटोमै बेचियो

२०७६ वैशाख १९ गते १५:४५

जाजरकोट, १९ वैशाख – नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us