
काठमाण्डु, १९ वैशाख– गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्ष (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ ।
बिहीबार बसेको बढुवा सिफारिस समिति बैठकले पोखरेललाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गाडी दुर्घटनामा निधन भएका डिआईजी सुशील भण्डारीको रिक्त स्थानमा पोखरेललाई बढुवा गर्न लागिएको हो ।