बैतडी, २० वैशाख – बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी १५ वर्षीया आशा नाथ रहेकी छिन् । बिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
बिहीबार देखि नै खोजी सुरु गरिएको भएपनि नाथको अवस्था अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरी निरीक्षक चन्दले बताए । उनी नदीमा हाम फाल्नुको कारणबारे पनि केही खुलेको छैन् ।