काठमाण्डु, १९ वैशाख– अभियुक्तसँग सम्बन्ध रहेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् ।
डकैती घटनाका अभियुक्तसँ मोबाइलमा सन्देश पठाएको देखिएपछि छानबिनका लागि ढुंगेललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत थिए । गत चैत २६ मा काठमाण्डुको रानीबारीस्थित लालेन्द्र शेरचन्दको घरमा भएको डकैती घटनामा संलग्नताको आरोपमा पक्राउ परेका विक्रम श्रेष्ठ र डिएसपी ढुंगेलबीच टेलिफोन र एसएमएस कुराकानी भएको पुष्टि भएपछि उनीमाथि छानिबन भएको हो ।
शेरचन्दको घरमा डकैती घटना भएकै दिन आफूले डिएसपी ढुंगेललाई भेटेको हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले स्वीकार गरेका छन् ।