काठमाण्डुमा बस दुर्घटना, थप विवरण आउन बाँकी

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १०:१८ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – काठमाण्डुमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चावहिल–जोरपाटी–बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ ।

दुर्घटना १० भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको उपचारका लागि विभिन्न अस्पतालमा लगिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us