नवलपुरमा हावाहुरीसहित भारी वर्षा, विद्यालय बन्द

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १०:२३ मा प्रकाशित

नवलपरासी, २० वैशाख – नवलपुरमा हावाहुरीसहितको भारी वर्षाका कारण विद्यालय बन्द गरिएको छ । हावाहुरीका कारण संम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो ।

हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।

यस्तै, प्याब्सन कावासोतीका सचिव समेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए ।

तिवारीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिल्ला शिक्षा समन्वय समितिबाट प्राप्त सूचना अनुसार हुरीबतासको सम्भावना भएको हुँदा आज आकस्मिक रूपमा विद्यालय बन्द रहने जानकारी गराइन्छ ।’

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमापनि विद्यालय बन्द गरिएको सम्बन्धित शिक्षा शाखाहरुले जनाएका छन् ।

कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us