मुलुक प्रमुख

प्रहरी महानिरिक्षक अर्यालले दिए जवानहरुलाई महत्वपूर्ण निर्देशन

२०७३ मंसिर ७ गते १२:५६

सिन्धुली, ७ मंसिर-नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सङ्गठनमा आबद्ध जवान तथा अधिकृतले आफ्नो हितभन्दा राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम गर्न प्रहरी जवान तथा अधिकृतलाई निर्देशन दिएका छन् । मध्यमाञ्चल प्रहरी तालिम केन्द्र, सिन्धुलीको दुधौलीमा सोमबार पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै...

मंसिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने

२०७३ मंसिर ६ गते १७:४०

काठमाण्डु, ६ मंसिर-सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराए । उनले...

स्वदेश फर्किए प्रधानसेनापति क्षत्री

२०७३ मंसिर ५ गते १८:५०

काठमाण्डु, ५ मंसिर– प्रधानसेनापति राजेन्द्र क्षत्री बंगलादेशको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणमा बंगलादेश भ्रमणमा गएका क्षत्री आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा प्रधानसेनापति क्षत्रीलाई सेनाका बलाधिकृत वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका...

तीन करोड नेपालीलाई सम्झदै केपी ओलीले गरे यस्तो कडा टिप्पणी

२०७३ मंसिर ५ गते १८:०२

ललितपुर, ५ मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आइतबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले सोमबार हुने तीन दलको बैठकमा आफूले...

फास्ट ट्र्याक सम्बन्धी भारतसँग गरिएको सबै सम्झौता रद्ध

२०७३ मंसिर ५ गते १७:०४

काठमाण्डु, ५ कात्तिक– काठमाण्डु–निजगढ दु्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका लागि भारतीय कम्पनीसँग भएको सबै सम्झौता रद्द भएको छ । भारतलाई दिने कि नेपाल आफैले बनाउने भन्नेमा विरोधाभाष रहेको फास्ट ट्र्याक अन्ततः नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ । साधान, स्रोत र जनशक्तिको कुरा...

‘चिनियाँ लगानीमा बन्न लागेको कोटेश्वर–कलङ्की सडक निर्माणमा किन ढिलाई ?’

२०७३ मंसिर ५ गते १४:५९

काठमाण्डु, ५ मंसिर– व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्। तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत...

फुटबलमा म्याचफिक्सिङ गर्नेको पर्दाफास गरेका एसएसपी सर्वेन्द्र खनाल बने उत्कृष्ट प्रहरी

२०७३ मंसिर १ गते १५:०७

काठमाण्डु, १ मंसिर– महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विक्रम सिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले उत्कृष्ट प्रहरीको सम्मान पाएका छन् । ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले थापा र खनाललाई सम्मान गरेका हुन् ।   एसएसपी थापालाई उत्कृष्ट...

विमलले लेखे तीन करोड नेपालीको मनछुने स्टाटस, सम्झे आफ्ना बुबा र बहिनीलाई

२०७३ मंसिर १ गते ११:२०

काठमाण्डु, १ मंसिर– एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले मनछुने फेसबुक स्टाटस राखेका छन् ।   मेलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा मकाउलाई १–० ले पराजित गरेपछि विमलले जित सारा नेपालीको भएको बताएका हुन् ।   उनले आफूभन्दामाथि टीम र...

किन जान लागे प्रधानसेनापति क्षत्री बंगलादेश ?

२०७३ कार्तिक २९ गते १६:४७

काठमाण्डु, २९ कात्तिक– प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा मङ्गलबारदेखि छदिने औपचारिक भ्रमणमा बङ्गलादेशको भ्रमण गर्ने भएका छन् ।   प्रधानसेनापतिले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले...

खुसीको खबरः अघि बढ्यो राष्ट्रिय प्रसारण ग्रीड कम्पनी

२०७३ कार्तिक २८ गते १५:१८

काडमाण्डु, २८ कात्तिक– लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अब गति लिने भएको छ ।   सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी...

मुखर्जीपछि यी बरिष्ठ भारतीय छिरे पशुपतिमा

२०७३ कार्तिक २८ गते १४:२७

काठमाण्डु, २८ कात्तिक– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए...

विप्लव माओवादीका कार्यकर्ताद्धारा बलेरो जिपमा आगजनी

२०७३ कार्तिक २८ गते १०:०२

सिन्धुली, २८ कात्तिक– सिन्धुलीमा बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us