
काठमाण्डु, २० बैशाख – बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ ।
चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीले बताए ।
त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानहरु भने रोकिएका छैनन् ।