गौरमा सुनसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १२:४८ मा प्रकाशित

रौतहट, २० बैशाख – गौर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ ।

सोही नगरपालिका–५ का २१ वर्षीय अनुकेशकुमार शाहलाई १ किलो २ सय ५० ग्राम सुनसहित शुक्रबार बिहान पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु ४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अनुकेशलाई उक्त सुनसहित फेला पारी पक्राउ गरिएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us