मनागुआ, २६ मंसिर–क्यारिवियन नदीमा भएको एक डुङ्गा दुर्घटनामा ३७ जना निकारागुआली माझीहरु बेपत्ता रहेका नौसेना अधिकारीहरूले बिहबिार जानकारी दिएका छन् । निकारागुआ सैनिकसँग आवद्ध नौसेना बलका प्रमुखका अधिकारीहरुका अनुसार उत्तरी क्यारिवियन नदी डुङ्गामा सवार रहेका ५० जना माझीहरूमा १३ जनालाई मात्र उद्धार गर्न सकिएको...
नयाँ दिल्ली, २५ मंसिर– विश्वका शक्तिशाली र सुरक्षा खतराका हिसाबले एक नम्बरमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको भ्रमणका क्रममा बुधबार भारत पुगेका छन् । आर्थिक नाकाबन्दीको मार खेपिरहेका रसिया राष्ट्रपति पुटिनलाई आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । दुई नेताबीचको भेटवार्तामा...
काबुल २५ मंसिर– अफगानिस्तानको राजधानी काबुलको उपनगरमा बिहीबार बिहान भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा छ अफगान सैनिकको मृत्यु भएको छ । काबुलको बाहिरी इलाकामा पर्ने ताङ्गी तराखील क्षेत्रमा अफगान सैनिकलाई लिएर गइरहेको एक बसलाई लक्ष्यगरी आत्मघाती आक्रमणकारीले आक्रमण गरेको अपराध शाखा एकाइका प्रमुख...
एजेन्सी– पाकिस्तानकी बालिका मलाला युसुफजार्इ र भारतीय अधिकारर्की कैलाश सत्यार्थीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । नर्वेको राजधानी ओस्लोमा बुधबार भएको एक भव्य समारोहबीच उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । १७ वर्षीया मलालामाथि पाकिस्तानको कबायली इलामा आफूजस्तै बालिकाले शिक्षा पाउनुपर्छ भन्ने अभियानमा...
मनिला, २४ मंसिर– फिलिपिन्समा आएको सामुद्रिक आँधी हगुपिटका कारण करिब ८ लाख कामदारहरु प्रभावित भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले बुधबार जानकारी दिएको छ । हगुपिटलाई स्थानीय भाषामा रुबी भन्ने गरिन्छ । तीमध्ये करिब तीन लाख ७० हजार कामदार असुरक्षित श्रममा संलग्न रहँदै आएका...
एजेन्सी– पाकिस्तानमा बालिकाहरुको शिक्षामा काम गरे बापत नोबेल शान्ति पुरस्कार पाएकी मलाला युसुफजाईले आफू भविष्यमा राजनीतिमा लाग्ने र प्रधानमन्त्री बन्ने सपना देखेको बताएकी छिन् । मलालाले बुधबार पुरस्कार ग्रहण गर्दै छिन् । बिबिसीसँगको कुराकानीमा मलालाले आफ्नो पढाइ पूरा गरेपछि राजनीतिमा जाने योजना रहेको बताएकी...
न्युयोर्क, २४ मंसिर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘टाइम वर्ष व्यक्ति’ को अनलाइन दौडमा सबैभन्दा अगाडि थिए । तर, उनी अन्तिम आठमा भने पर्न सकेनन् । टाइम पत्रिकाको ‘पसर्न अफ द इयर’का लागि चुनिएका अन्तिम आठमा मोदी परेनन् । अनलाइनमा भने मोदी १६ प्रतिशत मतका साथ...
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् । टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो । टाइम पत्रिकाले हरेक...
जेनेभा, २३ मंसिर– सन् २०१४ बालबालिकाको लागि अहितकारी वा बिनासकारी वर्षको रुपमा रहेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । यस वर्ष विश्वभरका लाखौं बालबालिका सशस्त्र द्वन्द्वमा परेका र यसै वर्ष इबोला भाइरस महामारीले ल्याएको असह्य दुख कष्टमा परी गिनी,...
मनिला, २२ मंसिर– फिलिपिन्स सरकारले हगुपिट सामुद्रिक आँधीका कारण राजधानी मेट्रो मनिलालगायत तीन प्रान्तमा सबै पठनपाठनलगायत सरकारी कार्यालयहरु समेत बन्द गरेको छ । सो आँधीलाई स्थानीय भाषामा रुबी भन्ने गरिएको छ । राष्ट्रपतिको बेनिग्नो अक्विनो तृतीयको आदेशअनुसार डिसेम्बर ८ देखि अनिश्चितकालसम्म उक्त स्थानहरुमा विद्यालय,...
भारत, २२ मंसिर– ‘माओवादीसँग त हामी जुध्न सक्छौं तर लामखुट्टेसँग जुध्न मुस्किल छ’, यो भनाइ बस्तर जिल्ला प्रहरीका एक जवानको हो । ती प्रहरी जवान अघिल्लो साता मलेरियाग्रस्त भएका थिए । ती जवानलाई उपचारका लागि जिल्ला अस्पताल लगियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि...
पाकिस्तान, २१ मंसिर– पाकिस्तानको सधैँ अशान्त भइरहने अफगानिस्तानको सीमामा पर्ने आदिवासी इलाका नजिकै गरिएको अमेरिकी हवाइ आक्रमणमा कम्तीमा चार विद्रोही मारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो हवाइ आक्रमण उत्तरी वाजिरिस्तान आदिवासी इलाकाको दत्ताखेर जिल्लाको तानगी खार क्षेत्रमा गरिएको बताइएको छ । यस...