मलाला र सत्यार्थीले पाए नोबेल पुरस्कार

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १६:२० मा प्रकाशित

malala-satyarthiएजेन्सी– पाकिस्तानकी बालिका मलाला युसुफजार्इ र भारतीय अधिकारर्की कैलाश सत्यार्थीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

नर्वेको राजधानी ओस्लोमा बुधबार भएको एक भव्य समारोहबीच उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

१७ वर्षीया मलालामाथि पाकिस्तानको कबायली इलामा आफूजस्तै बालिकाले शिक्षा पाउनुपर्छ भन्ने अभियानमा सक्रिय रहेकैबेला सन् २०१२ को अक्टुबरमा मा तालिवानी लडाकुले गोली हानेका थिए ।

त्यसयता उनी विश्वव्यापी चर्चाको शिखरमा छिन् । मलाला नोबेल शान्ति पुरस्कार पाउने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी हुन् ।

पुरस्कार ग्रहण गर्दै मलालाले आफूले पुरस्कार बापत प्राप्त गरेको साढे ६ करोड रुपैयाँ विद्यालय खोल्न खर्च गर्ने घोषणा गरेकी छन् ।

यस्तै सत्यार्थी भारतमा बाल मजदुरीविरुद्द अभियान चलाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us