
न्युयोर्क, २४ मंसिर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘टाइम वर्ष व्यक्ति’ को अनलाइन दौडमा सबैभन्दा अगाडि थिए । तर, उनी अन्तिम आठमा भने पर्न सकेनन् ।
टाइम पत्रिकाको ‘पसर्न अफ द इयर’का लागि चुनिएका अन्तिम आठमा मोदी परेनन् । अनलाइनमा भने मोदी १६ प्रतिशत मतका साथ सबैभन्दा अग्रस्थानमा थिए ।
अमेरिकाका काला जातिका युवकमाथि गोली प्रहार गर्ने प्रहरीविरुद्ध मुद्दा नचलाउने निर्णयको विरोध गरेको समूह भने अनलाइनमा दोस्रो स्थानमा थियो । विरोधीले भने अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै, हङकङमा पूर्ण प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेको समूहलाई नेतृत्व गरेका जोसुवा वोङ पनि टाइम वर्ष व्यक्तिको अन्तिम आठका परेका छन् ।
त्यस्तै, पाकिस्तानका बालअधिकारकर्मी तथा नोबेल पुरस्कार विजेता मलाला युसुफाइजाई, इबोलासँग लडिरहेका चिकित्सक र नर्स पनि वर्ष व्यक्तिका लागि अन्तिम आठमा छानिएका छन् ।
नयाँ पत्रिका दैनिकबाट