
काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पार्टी पुनर्गठन गर्ने बताएकी छिन् । ०७८ मा एमाले विभाजनको बेला एकीकृत समाजवादी निर्माण गर्ने माधव कुमार नेपाललाई हात समाएर निर्वाचन आयोग पुर्याउने झाँक्री पार्टी पुनर्गठन गर्ने बताएकी हुन । माधव नेपाललाई विशेष अदालतले विशेष अदालतमा मुद्दा चलाएपछि पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी हुन् ।
उनले माधव नेपाललाई लक्षित गर्दै बुटवलको एक कार्यक्रममा ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले बुटवलमा गरेको एक भाषणले नेकपा एसभित्र र बाहिर समेत चर्चाको विषय बनेको छ । नेकपा एसका कार्यकर्ताहरूले झाँक्रीलाई गाली गरिरहेका छन् ।
नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् । उनले भनिन्, ‘ पार्टी बनाउने।।।यस्तै सङ्कटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो सङ्कट छ । तपाईँहरू सबैलाई थाहा छ, पार्टीमा सङ्कट छ ।
अध्यक्षकै बारेमा सङ्कट आयो । अब के गर्ने रु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । सङ्कट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने रु अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।
कहाँ हुन्छ यसरी रु म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि सङ्कट आयो । अरु कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुनिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन रु गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ ।’