निजामति विधेयकप्रति प्रभु शाहको आपत्ति, रोष्ट्रममै च्याते विधेयक

काठमाण्डु टुडे २०८२ असार १५ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १५ असार– प्रतिनिधिसभा सांसद प्रभु शाहले निजामति सेवा विधेयकप्रति आपत्ति जनाउँदै विधेयक रोष्ट्रममै च्यातिदिएका छन । आज (आइतबार) विधेयकमाथि छलफलका क्रममा सांसद शाहले गरिबको चिरहरण गर्ने यो विधेयक स्वीकार्न नसक्ने भन्दै रोष्ट्रममै च्यातिदिएका हुन् । उनले भने, ‘यो विधेयकलाई नेपाली जनताले स्वीकार्न सक्दैन ।

यस्तो अपराधिक कामको साक्षी म हुनसक्दैन। सांसदहरू पनि नबनून भन्न म चाहन्छु, ।’ गरिबहरूको भविष्यमाथि खेलबाड गर्ने यो विधेयक स्वीकार्य छैन। उनले विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी समेत दिएका छन ।

गरिवको भविष्यमाथि खेलबाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे। सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खाजेको उनले बताए । उनी विधेयक च्यातेर संसद्बाट बाहिरिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us