पाकिस्तान, २१ मंसिर– पाकिस्तानको सधैँ अशान्त भइरहने अफगानिस्तानको सीमामा पर्ने आदिवासी इलाका नजिकै गरिएको अमेरिकी हवाइ आक्रमणमा कम्तीमा चार विद्रोही मारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सो हवाइ आक्रमण उत्तरी वाजिरिस्तान आदिवासी इलाकाको दत्ताखेर जिल्लाको तानगी खार क्षेत्रमा गरिएको बताइएको छ ।
यस इलाकामा तालिवान र अल कायदासँग अबद्ध विद्रोहीविरुद्ध पाकिस्तानी सैनिकले गत जुनदेखि नै कारबाही गर्दै्आएका छन् ।
एक वरिष्ठ सुरक्षाअधिकारीले नाम बताउने शर्तमा विद्रोही लुकेर बसेको इलकालाई लक्ष्यगरी गरिएको दुई वटा क्षेप्यास्त्र आक्रमणमा चार विद्रोहीको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
अफगानिस्ताको सीमा पर्ने उत्तरी वाजिरिस्तानको सात वटा अर्ध स्वायित्व आदिवासी इलाका मध्ये एक हो ।
यस इलाकामा सन् २००० देखि नै अल कायदा र तालिवान आतङ्ककारी समूहले बलियो प्रभाव रहँदै आएको छ ।
पाकिस्तानी सैनिकले गत जुनदेखि यस इलाकामा गरेको भिषण कारबाहीको क्रममा एक हजार ५६० विद्रोहीको मृत्युृ भएको जनाइएको छ । त्यसैगरी सोही कारबाहीको क्रममा १२५ जना सैनिकले पनि ज्यान गुमाउनु पेरेको बताइएको छ ।
रासस