हगुपिट आँधीले फिलिपिन्स प्रभावित

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ८:२३ मा प्रकाशित

मनिला, २२ मंसिर– फिलिपिन्स सरकारले हगुपिट सामुद्रिक आँधीका कारण राजधानी मेट्रो मनिलालगायत तीन प्रान्तमा सबै पठनपाठनलगायत सरकारी कार्यालयहरु समेत  बन्द गरेको छ ।

Manila
सो आँधीलाई स्थानीय भाषामा रुबी भन्ने गरिएको छ । राष्ट्रपतिको बेनिग्नो अक्विनो तृतीयको  आदेशअनुसार डिसेम्बर ८ देखि  अनिश्चितकालसम्म उक्त स्थानहरुमा विद्यालय, कलेज र विश्वविद्यालयलगायत सबै सरकारी कार्यालयहरु समेतका पठनपाठन एवम् काम कारबाही स्थगित गरिएको उप राष्ट्रपतिका प्रवक्ताले बताएका छन् ।
तर  स्वास्थ्य, खानेपानी, प्राकृतिक प्रकोप नियन्त्रण जस्ता सरकारले प्रदान गर्ने सबै   आधारभूत सेवाहरु भने यथावत चालु गरिने बताइएको छ ।
रासस\सिन्हा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us