मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८२ असार १५ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, १५ असार– मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) दिउँसो २ बजेर ३४ मिनेटमा मुगुको जिमा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us