अर्थ

प्रत्येक महिना वैदेशिक रोजगारीमा गएका ७२ नेपालीको मृत्यु

२०७१ वैशाख ३१ गते १३:२५

काठमाण्डु, ३१ वैशाख–नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ । विक्रम संवत २०७० सालमा वैशाखदेखि चैत मसान्तसम्ममा मृत्यु हुनेमध्ये ८ सय ४५...

ललितपुरको अर्गानिक कफी अमेरीका र जर्मनीमा

२०७१ वैशाख ३० गते ११:३९

ललितपुर, ३० वैशाख – ललितपुरको दक्षिणी भेगका ठूलादुर्लुङ, आश्राङ, गिम्दी, प्युटार, चन्दनपुरलागयतका गाविसमा व्यावसायिक रूपमा कफीखेती फस्टाउँदै गएको पाइएको छ । करिब तीन दशक अघिदेखि सुरु भएको सो व्यवसाय २०६१ सालबाट व्यवसायिक रूपमा फस्टाउँदै गएको देखिन्छ । समुद्री सतहबाट एक हजार ६०० फिटको हाराहारीको...

वैदेशिक व्यापारमा १९.१ प्रतिशतको वृद्धि

२०७१ वैशाख ३० गते ११:२१

काठमाण्डु, ३० वैशाख – चालु आर्थिक वर्ष २०७०÷७१ को नौ महिनामा कुल वैदेशिक व्यापारमा १९.१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ९२ अर्ब ३९ करोड पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५...

पशुपंक्षीपालनमा कमी आएको कृषि मन्त्रालयको तथ्याङ्क

२०७१ वैशाख ३० गते ११:१२

काठमाण्डु , ३० वैशाख – कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७०÷७१ को तथ्याङ्क अनुसार पशुपंक्षीपालनमा कमी आएको देखिएको छ । मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार गत वर्षको तुलनामा गाईगोरु, भैँसीराँगा, कुखुरा, हाँसलगायतको उत्पादकत्वमा कमी आएको छ । यद्यपि, बाख्रा, सुँगुर, बङ्गुर उत्पादनमा भने गत...

कामु कार्यकारी अधिकृत सुबास निरौला काममा फर्कन सकेनन्

२०७१ वैशाख ३० गते ७:५५

काठमाण्डु, ३० वैशाख – पर्यटन व्यवसायीले आफ्नो आन्दोलन मङ्गलबारदेखि अझै सशक्त बनाएका छन् । आफ्ना मागहरुको संवोधन नभएको भन्दै सोमबार व्यवसायीले श्वेतपत्र जारी गरेका थिए । सोमबार नै सर्वोच्च अदालतले कामु कार्यकारी अधिकृत सुबास निरौलालाई काममा फर्कन दिन व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको...

पर्यटन व्यवसायीले जारी गरे स्वेतपत्र

२०७१ वैशाख २९ गते १२:३७

काठमाण्डु, २९ वैशाख– नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै निमित्त कार्यकारी निर्देशक सुवास निरौलाको राजीनामाको माग राखेर आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीले स्वेतपत्र जारी गरेका छन् । व्यवसायीले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी बोर्डमा भ्रष्टाचार भएको दाबीसहित स्वेतपत्र जारी गरेका हुन् । उनीहरुले एक साताभन्दा...

पर्यटन बोर्डका निरौलालाई काम गर्न दिन सर्वोच्चको आदेश

२०७१ वैशाख २९ गते १२:२१

काठमाण्डु, २९ वैशाख–सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका कायम मुकामय प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश गिरीशचन्द्र लालको संयुक्त इजलासले निरौलालाई काम गर्न दिन सोमबार आदेश दिएको हो । आदेशमा विपक्षीलाई सात...

बजारमूल्य भन्दा बढिमा संस्थानले गहुँ किन्यो

२०७१ वैशाख २९ गते ११:३३

धनगढी, २९ वैशाख – नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले झन्डै २३ वर्ष पछि गहुँं खरिद गर्न थालेको जनाएको छ । गहुँको खरिद मूल्य संशोधन गरी प्रतिक्विन्टल रु दुई हजार ६०० सम्म पु¥याएर खरिद कार्य सुरु गरेको छ । खाद्य संस्थान अञ्चल कार्यालयले यस...

मन्त्री निधि भन्छन् – ‘वर्षातसँगै बजेटको खोलो बगाउने परिपाटी कायम छ ’

२०७१ वैशाख २९ गते ८:१७

चितवन, २९ वैशाख – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले वर्षात्को समयमा निर्माणका काम गरेर बजेट सक्ने परिपाटीको अन्त्य गरिने बताएका छन् । आर्थिक बर्षकोे अन्त्यतिर जसरी पनि बजेट सिध्याउने नाममा बर्षे भेलजस्तै बजेटको खोलो बगाउने दुष्कार्यको अन्त्य गरेर छाड्ने घोषणा गरेका छन्...

सस्तोमा ऋण लिएर महङ्गो ब्याज खान खोज्दा घरेलु तथा साना उद्योग बन्द

२०७१ वैशाख २८ गते १२:२४

काठमाण्डु,२८ वैशाख – दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् । साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका करिब तीन लाख उद्योगमध्ये करिब एक लाख ४० हजार उद्योगमात्र हाल सञ्चालनमा रहेका छन् । साना तथा घरेलु उद्योगको समग्र...

अवैध अमेरिकी डलरसहित तीन चिनियाँ पक्राउ

२०७१ वैशाख २७ गते १४:५२

सिन्धुपाल्चोक, २७ वैशाख– सिन्धुपाल्चोकको बनदेउबाट पाँच हजार अमेरिकी डलरसहित तीन चिनियाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाङ होङलियाङ, हुयाङ लिङ र यू चेङ नाम गरेका चिनियाँ महिला रहेको प्रहरीले जनाएको छ । काठमाण्डुबाट तातोपानीतर्फ जाँदै गरेको बा.१ च ४१९ नम्बरको कारमा सवार उनीहरुलाई...

ठगलाई उन्मुक्ति दिन महासंघ अध्यक्ष पाण्डेको उर्दी

२०७१ वैशाख २७ गते ११:४२

कावासोती, २७ वैशाख– उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनिष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्षको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अग्रवाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेकाले महासंघले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us