केरूङको व्यापार बढेपछि रसुवागढीमा पाँच गुणा राजश्व

काठमाण्डु टुडे २०७१ असार २३ गते ४:११ मा प्रकाशित

धुन्चे २२ असार– स्याफ्रुवेशी–रसुवागढी सडक मार्गमा नियमित रूपमा यातायात सञ्चालन भएका कारण रसुवागढी भन्सार कार्यालयले यस वर्ष लक्ष्यभन्दा पाँच गुणा बढी kerungराजस्व असुल गर्न सफल भएको छ ।
स्याफ्रुवेशी–रसुवागढी सडक नियमित सञ्चालन हुनु र चीनतर्फको सडक स्तरोन्नति भई कालोपत्रे भएपछि केरूङसँगको व्यापारमा वृद्धि हुन गई लक्ष्यभन्दा पाँच गुणाले राजस्व असुुली भएको नेपाल–चीन सीमामा रहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी भन्सार कार्यालय पृथ्वी राजमार्गको गल्छीदेखि ८९ किलोमिटर दूरीमा पर्छ । यहाँबाट आयात निर्यात व्यापार हुने क्रम वढेका कारण नेपाल सरकारले पनि यस नाकालाई तातोपानीपछि दोश्रो ठूलो नाकाको रूपमा विस्तार गर्ने नीति लिएको छ ।

नेपालबाट केरूङतर्फ बिस्कुट, चाउचाउ, मैदा, खुर्सानी, गलैचा र जडिबुटीमा चिराइतो तथा केरूङबाट नेपालतर्फ कम्मल, जुत्ताचप्पल, कस्टमेटिक लगायतका विभिन्न सामग्री निकाशी पैठारी हुने गर्दछ । निकासीपैठारी, महसुल, सेवा शुुल्क, कृषि सुधार, अन्तशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गरिएको भन्सार कार्यालयले जनाएको छ ।
२०७०/०७१ मा भंन्सार कार्यालयले असार मसान्त सम्ममा कुल ५२ लाख भन्सार असुली गर्ने लक्ष्य राखेकामा जेठ सम्ममा २ करोड ८४ लाख ८६ हजार भन्सार असुली भएको छ । त्रिदेशीय व्यापारको हिसाबले यस नाकालाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको हुँदा आगामी वर्षमा भन्सार राजस्वमा अझै वृद्धि हुने भन्सार कार्यालयका नासु विष्णु लामिछानेले बताए ।

भन्सारको व्यवस्थित  सञ्चालन हुन सके आयात–निर्यात गतिविधि अझै बढ्ने र राजस्वमा समेत वृद्धि हुने नेपाल चीन केरूङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us