सभासद्को पहलमा धार्मिक स्थलमा सौर्य बत्ती वितरण

काठमाण्डु टुडे २०७१ असार २३ गते ८:१९ मा प्रकाशित

कञ्चनपुर, २३ असार – संविधानसभा सदस्य दिवानसिंह विष्टले जिल्लाको दक्षिणी भेगका धार्मिक स्थलहरुमा सौर्य बत्ती प्रदान गरी सहयोग गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित संविधानसभा सदस्य विष्टले विभिन्न धार्मिक मठ मन्दिरहरुलाई यस्तो बत्ती प्रदान गरेका हुन् ।

सभासद् विष्टको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरबाट ती बत्ती निःशुल्क वितरण गरिएको नेपाली काँग्रेस क्षेत्र नं १ का सभापित हरिराज विष्टले जानकारी दिए ।

पचपन्न वाट क्षमता भएका सोलार प्यानलको बजार मूल्य रु २५ हजार रहेको छ र यसबाट छ चिम बाल्न सकिन्छ । क्षेत्र नं १ भित्र पर्ने रामपुर बिलासीपुर गाविस, श्रीपुर गाविस, बेलौरी बजार र लक्ष्मीपुर क्षेत्रका धार्मिक स्थल तथा मन्दिरमा बत्ती वितरण गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us