नेप्से ६ वर्ष यताकै उच्च बिन्दुमा

काठमाण्डु टुडे २०७१ असार २४ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, २४ असार–  पछिल्लो समय लगातार उकालो लागिरहेको सेयर बजार परिसूचक नेप्से ६ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ६ वर्षपछि nepseपहिलोपटक चार अंक छोएर रेकर्ड बनाएको हो ।
मंगलबार नेप्से १४ दशमलब ८५ अंकले बढेर एक हजार १० बिन्दु कायम भएको छ । यसअघि २०६५ साल असोज २७ नेप्से १ हजार ४ बिन्दुसम्म पुगेको थियो । मंगलबार चार हजार ६ सय दुई कारोबारबाट १६ लाख ३४ हजार ८ सय ४८ कित्ता सेयर ८२ करोड ८५ लाख ६६ हजार पाँचसय १३ रुपैयाँमा कारोबार भयो ।

मंगलबार भएका कारोबारमध्ये सबैभन्दा धेरै होटल समूहको बढेको छ । यो समूहमा ३० दशमलब ६९ अंकले सुधार भएको छ । यस्तै बैंङकिङ र जलविद्युत समूहको सूचक पनि उल्लेख्य बढ्यो । मंगलबार बीमा कम्पनीको सेयर कारोबार मात्रै ऋणात्मक भएको छ ।

मंगलबार आइसिएफसी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कृषि विकास बैंक, काठमाण्डु, फाइनान्स, कैलश विकास बैंक र सनराइज बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us