काठमाण्डु, २४ असार – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरेर रत्नपार्क नजिकै रहेको रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने भएको छ । दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आगामी कात्तिकमा काठमाडौँमा हुने भएको छ ।...
पर्सा, २४ असार – वीरगञ्जमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ । यसका लागि वीरगन्ज उपमहानगरपालिकाको कार्यालयले दोस्रोपटक बोलपत्र आह्वान गरेको छ । २१ करोड ५४ लाख अनुमानित रकम राखेर बोलपत्र आह्वान गरिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले जानकारी दिए । गत वर्ष...
काठमाण्डु, २३ असार – वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दै गएको बताएका छन् । वाणिज्य तथा आपूर्तिमन्त्रालयमा आज आयोजित वाणिज्य नीति–२०६५ सम्बन्धी छलफलमा उनले भने ,‘ नीतिगत कमजोरीकै कारण हाम्रो अर्थतन्त्र परनिर्भर भएको हो, त्यसलाई परिवर्तन गर्न जरुरी...
काठमाण्डु, २३ असार – नेप्से परिसूचक एक हजार चार बिन्दुको लक्ष्य नजिक अइपुगेको छ । नेप्से कारोबार अवधिभर दुई पटक सम्म नौं सय ९६ मा पुगेको भएपनि होटेल, बिकास बैंक, वित्त र ‘अन्य’ समूहको परिसूचकको वृद्धिदर केही घटेपछि नौं सय ९५ मा सिमित भयो । नेप्से...
कञ्चनपुर, २३ असार – संविधानसभा सदस्य दिवानसिंह विष्टले जिल्लाको दक्षिणी भेगका धार्मिक स्थलहरुमा सौर्य बत्ती प्रदान गरी सहयोग गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित संविधानसभा सदस्य विष्टले विभिन्न धार्मिक मठ मन्दिरहरुलाई यस्तो बत्ती प्रदान गरेका हुन् । सभासद् विष्टको पहलमा...
काठमाण्डु, २३ असार– नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमए– ६० जहाज मर्मतमा १ करोड रुपैयाँ खर्च हुने भएको छ । जहाजको उडान सुरु भएको छैटौं दिन गत असार १६ गते विराटनगर विमानस्थलको धावनमार्गमा चरासँग ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको दायाँ पखेटाको...
धुन्चे २२ असार– स्याफ्रुवेशी–रसुवागढी सडक मार्गमा नियमित रूपमा यातायात सञ्चालन भएका कारण रसुवागढी भन्सार कार्यालयले यस वर्ष लक्ष्यभन्दा पाँच गुणा बढी राजस्व असुल गर्न सफल भएको छ । स्याफ्रुवेशी–रसुवागढी सडक नियमित सञ्चालन हुनु र चीनतर्फको सडक स्तरोन्नति भई कालोपत्रे भएपछि केरूङसँगको व्यापारमा वृद्धि हुन...
काठमाण्डु,२२ असार – महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले सम्पत्ति सार्वजनिक गरेकी छिन् । उनको परिवारको नाममा काठमाडौँ र झापामा घर जग्गा तथा झापा, ललितपुर र जुम्लामा केही जग्गा रहेको थाहा लागेको छ । मन्त्री केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा...
बागलुङ, २२ असार – आलुको पकेट क्षेत्र ताराखोलाबाट यो वर्ष करिब साढे दुई करोडको आलु बिक्री भएको छ । गाविसभरका कृषकले गरेको व्यावसायिक आलुखेतीबाट मनग्य कमाइ गाउँ भित्रिएको छ । साठी हेक्टर क्षेत्रफलमा उत्पादित ९०० मेट्रिक टन आलुबाट रु दुई करोड ४३ लाखभन्दा बढीको...
काठमाण्डु, २२ असार– भारत सरकारले धुलिखेल अस्पतालको भवन निर्माणका लागि रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज धुलिखेल नगरपालिका, उक्त अस्पताल र यहाँस्थित भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको छ । उक्त राजदूतावासका अनुसार पर्याप्त भौतिक पूर्वाधारको अभावमा गुणस्तरीय...
म्याग्दी, २१ असार– पहाडी जिल्ला म्याग्दीमा माछापालन व्यवसाय विस्तार हुन थालेको छ । स्थानीय बजारमा माछाको माग र खपतसँगै कृषकले व्यवसायिक माछापालन गर्ने क्रम बढेको हो । थोरै जमिनमा स्थानीय स्रोत साधन र श्रमको उपयोग गरी छोटो समयमा आम्दानी गर्न सकिने भएकाले माछापालनतर्फ कृषकको...
काठमाण्डु– नेपाललाई कृषिमा आत्म निर्भर बनाउन सरकारले नयाँ प्रविधीको प्रयोगलाई जोड दिने भएको छ । पारिवारीक खेति वर्ष २०१४ कार्यन्वयन समितिले ललितपुरको चापागाउँमा गरेको कार्यक्रममा कृषि सचिव एंव पारिवारीक खेती वर्ष २०१४ निर्देशक समितिका संयोजक जय मुकुन्द खनालले निर्वाह मुखी खेती प्रणालीलाई अव व्यवसायिक...