
काठमाण्डु, १५ भदौ– नरहरि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष नरहरि ढकालले पदबाट राजीनामा दिएका छन् ।
चार वर्षे कार्यकालका लागि नियुक्ति भएका ढकालले एक वर्ष २ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । उनले गत साता राजीनामा दिएको अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए ।
उनले केही महिनाअघि नै राजीनामा दिन खोजे पछि अर्थमन्त्री रामशरण महतको आग्रहमा रोकिएका थिए । ढकालले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा नियुक्तिको तयारीमा अर्थ मन्त्रालय लागिपरेको छ ।