आईएमईले ल्यायो विदेशमा परिवार भेट योजना

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– रेमिटेन्स कम्पनी आईएमईले दसैं–तिहार नजिकिँदै गर्दा ‘आईएमई विदेशमा परिवार भेट’ योजना ल्याएको छ ।

ime
सेवाग्राहीमुखी रेमिटेन्स क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत नेपाली राष्ट्रिय चाडपर्व दशै र तिहारलाई मध्यनजर गर्दै यो योजना ल्याइएको आर्इएमइले जनाएको छ ।
यही भदौ १६ देखि असोज १९ गतेसम्म गर्न लागिएको यो योजनामा नेपालका १ सउ ९ आईएमई सेन्टर तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरिका आइएमर्इ शाखाबाट सेवा दिइनेछ ।

आइएमइले खाडी मुलुक, भारत, अमेरिका, जापान, युरोप तथा कोरियालगायत देशमा रहेका नेपालीका लागि यो योजनाले लाभ पुग्ने विश्वाश लिएको छ ।
उक्त योजनाअन्तर्गत विदेशबाट आईएमई गर्नेहरुका लागि दैनिक ‘लक्की ड्र’ मा विजयी हुनेलाई स्मार्टफोन, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई आइप्याड र नेपालमा भुक्तानी लिनेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई स्काइ लगेज ब्याग तथा साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई डिजिटल क्यामेरालगायतका अफर रहको आइएमइले जनाएको छ ।
आइएमईले विगत १४ वर्षदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ । आईएमईका देशभर ३ हजारभन्दा बढी शाखा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us