काठमाण्डु, १८ भदौ– निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले इन्टरनेटको नयाँ सुविधा ल्याएको छ ।
प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै एनसेलले उक्त योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले १ रुपैयाँप्रति एम।बी।सम्मको दरमा डेटा प्रयोग गर्न सक्नेछन् ।
एनसेलका तर्फबाट मंगलबार जारी विज्ञप्तिमा सुपरनेट भदौ १८ गतेबाट सुरु भई तीन महिनासम्म लागू हुनेछ । प्याक विना डेटा चलाउँदा प्रत्येक एमबी डेटाको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा, अब सुपरनेटमा पहिलो १ एमबीमा मात्र सो दर लाग्नेछ । त्यसपछि जितधेरै डेटा प्रयाेग गर्दै गयाे त्यति धेरै कम पैसा लाग्ने एनसेलले जनाएकाे छ ।