भारतसँग पिटीए गर्ने जिम्मेवारी उर्जासचिवको टोलीलाई

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ- सरकारले भारतसँग विद्युत व्यापार सम्झौता पिटीए गर्न ऊर्जा सचिव नेतृत्वमा टोली गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको वार्ता टोलीलाई भारतसँग पिटिए गर्ने अख्तियारी दिएको हो ।

टोलीलाई पिटीएका लागि नेपालले प्रस्तुत गरेको मस्यौदा र त्यसमाथि भारतले गरेको संशोधनका बारेमा मसेत वार्ता  र सहमति गर्ने अख्तियारी क्षेत्रीको टोलीलाई प्रदान गरिएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us