मेडिकल कलेजको शुल्क विवादः उपसमितिको समयावधि एक महीना थपियाे

२०७६ असार ३ गते १२:५९

काठमाण्डु, ३ असार – मेडिकल कलेजहरुको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महीना थप भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेका बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ ।...

एसिया फाइनल खेल्ने राष्ट्रिय टोलीको घोषणा

२०७६ असार ३ गते १२:४९

काठमाण्डु, ३ असार – टी–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र...

कांग्रेसले प्रधानमन्त्रीलाई बाेल्न नदिएपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

२०७६ असार ३ गते १२:४४

काठमाण्डु, ३ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर गलत अभ्यास गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा अवरुद्ध गरेको...

कांग्रेसको घमण्डले प्रधानमन्त्रीले संसदमा बोल्नै पाएनन्

२०७६ असार ३ गते १२:२०

काठमाण्डु, ३ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेपछि बैठका स्थगित भएकाे छ । संसद अवरुद्ध भएपछि सभामुख कृष्णबहादुर महराले बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको...

पक्राउ परेका विद्यार्थी छोड्न अनेरास्ववियुको माग

२०७६ असार ३ गते १२:०७

काठमाण्डु, ३ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको टि–सर्ट काण्डको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता अविलम्ब रिहा गर्न अनेरास्ववियूले माग गरेको छ । विश्वविद्यालयले नवौं वार्षिकोत्सव मनाउने क्रममा काठमाण्डुको एक कलेजको प्रायोजनमा छापिएको टि–सर्ट वितरण भएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा झण्डै एक...

संसदमा देउवा र ओली को पहिला बोल्ने भन्दै विवाद

२०७६ असार ३ गते १२:००

काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीलेभन्दा पहिलो आफ्नो दलका नेताले बोल्न पाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिला भएको छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक १२ बजेसम्म शुरू हुन सकेको छैन ।...

गर्मीले जनजीवन अस्तव्यस्त

२०७६ असार ३ गते ११:५५

रुपन्देही, ३ असार – अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका...

अछाममा भारतीय प्रहरी छिरेपछि गृहसचिवलाई भीम रावलको फोन

२०७६ असार ३ गते ११:३९

अछाम, ३ असार – जिल्लामा अनुमति बिना तीन जना सादा पोसाकमा भारतीय प्रहरी छिरेका छन् । उनीहरु नेपाली युवाले भारतीय युवती भगाएर ल्याएपछि छुटाउनका लागि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पुगेका थिए । सोही गाउँका एक युवाले भारतबाट केटी भगाएर ल्याएपछि भारतक कोरवा जिल्ला छत्तीसगढ़बाट...

खाडीको तापक्रम ६३ डिग्री पुग्यो, यी देशमा दिउँसो काम गर्न रोक

२०७६ असार ३ गते ११:३१

काठमाण्डु, ३ असार – तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन्  । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६...

विकट गाउँपालिकामा प्राविधिक शिक्षाः जहाँ पशुलाई झारफुक गरिन्छ

२०७६ असार ३ गते ११:२६

काठमाण्डु, ३ असार – सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु...

मंगलबार घट्यो सुनको भाउ

२०७६ असार ३ गते ११:१७

काठमाण्डु, ३ असार – मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै...

डोटीमा कैंचीले घोपेर श्रीमतीको हत्या

२०७६ असार ३ गते ११:०९

डोटी, ३ असार – डोटीको दिपायल सिलगढी नगरपालिका– ३ मा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दिपायल सिलगढी नगरपालिका– ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । श्रीमतीको हत्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us