डोटीमा कैंचीले घोपेर श्रीमतीको हत्या

काठमाण्डु टुडे २०७६ असार ३ गते ११:०९ मा प्रकाशित

डोटी, ३ असार – डोटीको दिपायल सिलगढी नगरपालिका– ३ मा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दिपायल सिलगढी नगरपालिका– ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गर्ने कृष्णलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले जानकारी दिए ।

सोमबार राति घरायसी विवाद हुँदा उनले श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us