समता अस्पतालमा कर्मचारी मृत फेला, अवस्था तनावग्रस्त

२०७६ असार ३ गते १०:०५

काठमाण्डु, ३ असार – काठमाण्डुको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्रहरीका अनुसार अस्पतालकै फार्मेसीमा काम गर्ने महिला कर्मचारी आज बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अस्पतालमा सरसफाइको काम गर्दै आएकी विमला तामाङ अस्पतालमै झुण्डिएको...

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

२०७६ असार ३ गते ९:५९

काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले...

बिना मगरसँग भट्टराईको लफडा !

२०७६ असार ३ गते ७:५३

काठमाण्डु, ३ असार– खानेपानीमन्त्री बिना मगर र काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई...

प्रधानमन्त्री ओलिको परिधि

२०७६ असार ३ गते ७:३५

काठमाण्डु, ३ असार– इतिहासको सबैभन्दा ठूलो दल नेकपा अहिले सत्तामा छ । तर, सरकार सञ्चालनमा पार्टीको भूमिका शून्यजस्तै छ । पार्टीको सचिवालयमा नौ, स्थायी समितिमा ४५ र केन्द्रीय कमिटीमा चार सय ४१ सदस्य छन् । सचिवालयको बैठक मुस्किलले बस्छ । तर, स्थायी समितिको बैठक १३ महिनामा दुईपटक मात्र...

अन्ततः सरकारबाट बाहिरिने भए उपेन्द्र यादव

२०७६ असार ३ गते ७:३०

काठमाण्डु, ३ असार– नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरूको योजना छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । नेकपा...

प्रविधिले बढायो नेपालमा आत्महत्या

२०७६ असार ३ गते ७:१७

काठमाण्डु, ३ असार– प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने विभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै...

गुठीको जग्गामा जबर्जस्ती १५ तले भवन

२०७६ असार ३ गते ७:११

काठमाण्डु, ३ असार– गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिँदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाण्डु महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाण्डु उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा...

गुठी विधेयकविरुद्ध फेसबुकमा लेख्ने पाइलटलाई जापान जान रोक

२०७६ असार ३ गते ६:५८

काठमाण्डु, ३ असार– सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।  आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष...

वैदेशिक रोजगारीको कहरः ११ महिनामा ५ सय २ नेपालीको ज्यान गयो

२०७६ असार ३ गते ६:५२

काठमाण्डु, ३ असार– वैदेशिक रोजगारीमा गएकाहरुको ज्यान गुमाउने संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्यांक छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक...

‘गृह मन्त्रालय अजिंगर, जनता विप्लवसँग न्याय खोज्न जान थाले !’

२०७६ असार २ गते १७:४२

काठमाण्डु, २ असार – सत्तारुढ दल नेकपाकै सांसदले गृह मन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्रबहादुर महतले अधिकार धेरै भए पनि गृह मन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका हुन् । उनले गृहमन्त्रालयलाई...

‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडियो, नेपाली आकाशमा फन्को मार्ने

२०७६ असार २ गते १७:२०

काठमाण्डु, २ असार – चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो । नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको...

बझाङमा जीप दुर्घटना,९ जनाको घटनास्थलमै ज्यान गयो

२०७६ असार २ गते १६:५५

बझाङ, २ असार – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । दुर्घटनामा परि ९ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us