समता अस्पतालमा कर्मचारी मृत फेला, अवस्था तनावग्रस्त

काठमाण्डु टुडे २०७६ असार ३ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, ३ असार – काठमाण्डुको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार अस्पतालकै फार्मेसीमा काम गर्ने महिला कर्मचारी आज बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

अस्पतालमा सरसफाइको काम गर्दै आएकी विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धका डिएस्पी नरेन्द्र चन्दले बताए ।

अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ । अस्पतालमा अहिले विमलाका आफन्तले नाराबाजी गरेका छन् । आफन्तले अस्पतालमा तोडफोड गर्न सक्ने भएकाले प्रहरीले सुरक्षाव्यवस्था कडा पारेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको डिएस्पी चन्दले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us