
बझाङ, २ असार – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । दुर्घटनामा परि ९ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।
जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको छ । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् ।