पक्राउ परेका विद्यार्थी छोड्न अनेरास्ववियुको माग

काठमाण्डु टुडे २०७६ असार ३ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, ३ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको टि–सर्ट काण्डको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता अविलम्ब रिहा गर्न अनेरास्ववियूले माग गरेको छ ।

विश्वविद्यालयले नवौं वार्षिकोत्सव मनाउने क्रममा काठमाण्डुको एक कलेजको प्रायोजनमा छापिएको टि–सर्ट वितरण भएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनका क्रममा झण्डै एक दर्जन विद्यार्थी नेताहरु गिरफ्तार परेपछि अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ती निकालेर विद्यार्थी नेताहरुलाई अविलम्ब रिहा गर्न र उत्पन्न समस्यालाई समाधान गर्न जोडदार माग गरेका छन् ।

विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरीले घाइते भएका छन् ।

काठमाण्डुको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नु पर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गर्दा झडप भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us