एसिया फाइनल खेल्ने राष्ट्रिय टोलीको घोषणा

काठमाण्डु टुडे २०७६ असार ३ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ३ असार – टी–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन् ।

यस्तै जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशास भारी, कुशल भुर्तेल, भीम सार्की, अविनाथ बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शरार्फ, राजु रिजाल, शाहब आलम पनि टोलीमा परेका छन् । बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।

नेपाली टोली तयारीका क्रममा विदेश भ्रमणमा समेत जाने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us