संसदमा देउवा र ओली को पहिला बोल्ने भन्दै विवाद

काठमाण्डु टुडे २०७६ असार ३ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीलेभन्दा पहिलो आफ्नो दलका नेताले बोल्न पाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिला भएको छ ।

बिहान ११ बजेका लागि तय गरिएको बैठक १२ बजेसम्म शुरू हुन सकेको छैन । प्रधानमन्त्रीले सार्वजनिक महत्वका विषयमा बोल्ने कार्यसूची थियो ।

प्रमुख प्रतिपक्षी दलले भने प्रधामनन्त्रीले बोल्नुभन्दा पहिला आफ्नो दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग राखेको छ । सदन सञ्चालनका विषयमा छलफल भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us