कञ्चनपुर , २५ असार- कञ्चनपुरमा बालिका बलात्कार गर्न सघाएको आरोपमा काकी नाता पर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । चिसो पेय पदार्थमा मादक पदार्थ मिसाएर १४ वर्षीया बालिकालाई बलात्कार गर्न वातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी पर्ने ३५ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो...
भोजपुर, २५ असार– प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहबीच भोजपुर सदरमुकामको हटिया लाइनमा गोली हानाहान भएको छ । घटनामा विप्लव कार्यकर्ता र प्रहरीतर्फ एक/एक जनाको मृत्यु भएको छ । विप्लव समूहका निरकुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको...
काठमाण्डु, २५ असार-कञ्चनपुरमा शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनी रहेका छन् । कक्षा ९ मा अध्ययनरत उनको गएराति उपचारका क्रममा भारतको रामवर्ती अस्पतालमा मृत्यु भएको हो । कुटपिटबाट...
भोजपुर, २५ असार– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले भोजपुरमा प्रहरी जवानलाई नियन्त्रणमा लिएर गोली हानेको रहस्य खुलेको छ । दुई पक्षबीच भिडन्त भएको बताइए पनि विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा घुमुवाका रुपमा कार्यरत सञ्जिव राईलाई नियन्त्रणमा लिएर हत्या गरिएको हो ।...
बाँके, २५ असा- बाँकेको नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा...
काठमाण्डु, २५ असार- गत १७ असारमा बसेको नेकपा संसदीय दल बैठकमा सांसदहरुले फलफूल तथा तरकारीको विषादी परीक्षण रोक्ने सरकारी कदमप्रत्ति आपत्ति जनाए । बैठकमा बोलेका करिब ३० सांसदले भारतीय दबाबमा झुकेर सरकार तरकारी परीक्षणबाट पछि हटेको आरोप लगाए । कतिपयले त राष्ट्रवादी नारा दिएर...
काठमाण्डु, २५ असार- सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई...
विराटनगर, २५ असार- तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन् । काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा...
काठमाण्डु, २४ असार सत्तारुढ नेकपाका सचिवालय सदस्य बामदेव गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी जाँच रोक्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिनु त्रुटिपूर्ण रहेको बताए । अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले विषादीयुक्त...
काठमाण्डु, २४ असार- वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम...
...
काठमाण्डु, २४ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेको आयोगले जनाएको छ । सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको...