विश्व जनसङ्ख्या दिवसः जनसाङ्ख्यिकी सन्तुलन राख्न प्रधानमन्त्री ओलीको आग्रह

२०७६ असार २६ गते ११:१७

काठमाण्डु, २६ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएका शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका...

निर्मला पन्तकी आमालाई सरकारी जागिर

२०७६ असार २६ गते ८:०५

कञ्चनपुर, २६ असार- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई सरकारी जागिर दिइएको छ । जीवन गुजारा चलाउनै मुस्किल भएपछि निर्मलाकी आमा दुर्गादेवीलाई भिमदत्त नगरपालिकाले जागिर दिएको हो । निर्मलाका बाबु कान्छी श्रीमती ल्याएर छुट्टै बस्छन् । दुर्गादेवीका लागि श्रीमानले केही हेरेका...

केपी ओलीको यो तस्बीर ट्रेन्डिङमा !

२०७६ असार २६ गते ७:५२

काठमाण्डु, २६ असार त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष...

थुनियो काठमाण्डु महानगरको ढल, दुर्गन्धले महामारी फैलने त्रास

२०७६ असार २६ गते ७:२७

काठमाण्डु, २६ असार काठमाण्डु महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय...

जब बाँदरले थालको भात खोसेर खाइदियो…

२०७६ असार २६ गते ७:१८

काठमाण्डु, २६ असार- बाँदरलाई व्यवस्था गरिएको मकै मानिसले खाएपछि राजधानी काठमाण्डुको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् । बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका...

ओली सरकारका मन्त्रीहरुबीच बोलचालै छैन !

२०७६ असार २६ गते ७:११

काठमाण्डु, २६ असार नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ वर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन...

सँगै चियापान, त्यसपछि दोहोरो गोली हानाहान

२०७६ असार २६ गते ७:०२

भोजपुर, २६ असार- सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे...

गगन थापाले भने–संसद सभामुखले चलाउनुभएको छ कि सरकारले ?

२०७६ असार २५ गते १९:३८

काठमाण्डु, २५ असार– काँग्रेस सांसद गगनकुमार थापाले सभामुख कृष्णबहादुर महराले संसदलाई सरकारको छायाँका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकपछि सञ्चारकर्मीसँग थापाले संसद सरकारको छायाँमा सीमित हुँदै गएको टिप्पणी गरे । थापाले स्वतन्त्र भूमिकामा बस्नुपर्ने सभामुख महरा सरकारको आदेशपालक भएको बताए...

द्वन्द्कालीन मुद्दाः सर्वोच्चले माग्यो अग्नि सापकोटाविरुद्धको उजुरी

२०७६ असार २५ गते १९:२१

काठमाण्डु, २५ असार– सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा नेकपा नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको उजुरी मगाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपक कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा भएको...

तरकारी प्रकरणः सर्वोच्चले दियो भारतलाई काउण्टर !

२०७६ असार २५ गते १९:०९

काठमाण्डु, २५ असार– सर्वोच्च अदालतले भारतबाट आयातित फलफूल र तरकारीमा विषादी प्रयोग रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार त्यस्तो आदेश दिएको हो ।  सर्वोच्चको आदेशमा विषादी परीक्षण नगर्ने निर्णय मुलुकी अपराध संहिता–२०७४ तथा उपभोक्ता...

विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२०७६ असार २५ गते १८:२३

काठमाण्डु ,२५ असार -सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा...

यमनमा प्राज्ञ , प्राध्यापक र विद्यार्थी सहित ३० जनालाई मृत्युदण्डको फैसला

२०७६ असार २५ गते १७:४८

साना, २५ असार -विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us