
कञ्चनपुर, २६ असार- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई सरकारी जागिर दिइएको छ ।
जीवन गुजारा चलाउनै मुस्किल भएपछि निर्मलाकी आमा दुर्गादेवीलाई भिमदत्त नगरपालिकाले जागिर दिएको हो । निर्मलाका बाबु कान्छी श्रीमती ल्याएर छुट्टै बस्छन् । दुर्गादेवीका लागि श्रीमानले केही हेरेका छैनन् । खान लाउनै दुःख भएको भन्दै दुर्गादेवीले निवेदन दिएपछि दैनिक हाजिरीमा जागिर दिइएको भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । श्रीमानले कान्छी ल्याएर हेलाँ गरेको र छोरीको समेत हत्या भएकाले मानवीय आधारमा दुर्गादेवीलाई जागिर दिइएको विष्टले उल्लेख गरे ।