भोजपुरमा भिडन्त नभएको खुलासा, विप्लव कार्यकर्ताले समातेर मारे प्रहरी !

काठमाण्डु टुडे २०७६ असार २५ गते ११:०१ मा प्रकाशित

भोजपुर, २५ असार– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले भोजपुरमा प्रहरी जवानलाई नियन्त्रणमा लिएर गोली हानेको रहस्य खुलेको छ ।

दुई पक्षबीच भिडन्त भएको बताइए पनि विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा घुमुवाका रुपमा कार्यरत सञ्जिव राईलाई नियन्त्रणमा लिएर हत्या गरिएको हो । प्रहरीले बताएअनुसार सदरमुकाम नजिकै हटियामा विप्लव कार्यकर्ता रहेको सूचनाका आधारमा प्रहरी टोली बुधबार बिहान गस्तीमा गएको थियो । गस्ती टोलीभन्दा केही अगाडि रहेका राईलाई विप्लव कार्यकर्ताले समातेर कञ्चटमा गोली हाने । राईको घटनास्थलमै मृत्यु भयो । पछिपछि आइरहेको गस्ती टोलीले राई गोलीले ढलेको देख्नेबित्तिकै फायर खोलेको थियो । गोली विप्लव समूहका निरकुमार राईलाई लाग्यो । उनी पनि त्यहीं ढाले । निरकुमारले नै प्रहरी जवान सञ्जिवमाथि गोली दागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us