नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज मापदण्डबारे सहमति, कसलाई कहाँ भागबण्डा       

काठमाण्डु टुडे २०७६ असार २४ गते १७:५८ मा प्रकाशित

                                                                                                                                                                                                                                                                                                                                                                                    काठमाण्डु, २४ असार- नेपाल कम्युनिष्ट पार्टी नेकपा ले जिल्ला ईञ्चार्ज र सहईञ्चार्ज तोक्नेबारे सहमति जुटाएको छ । लामो समयदेखि टुंगिन नसकेको जिल्ला नेतृत्व चयनको काम पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिनेगरी मापदण्ड तय गरे पनि बल्ल सहमति भएको हो । पार्टीको शीर्ष तहमा लामो समयदेखि हुँदै आएका छलफलबाट पहिले जिल्ला अध्यक्ष र सचिव तोक्दा अपनाइएको मापदण्डलाई नै लागू गर्ने सहमति बनेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।
नयाँ सहमतिअनुसार अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन् । यसरी भागबण्डा गर्दा अध्यक्ष र सचिवमा भएको सहमतिमा जस्तै पूर्वएमाले र पूर्वमाओवादीलाई ६०-४० को अनुपात हुनेछ । यो भनेको पूर्व एमालेलाई ४४ र पूर्वमाओवादीलाई ३३ जिल्लाको ईञ्चार्जको जिम्मेवारी हो । अहिले माधव नेपाल श्रीलंका यात्रामा रहेकोले उनी फर्किएपछि सहमति सार्वजनिक गर्ने शीर्ष नेताहरुबीच सहमति भएको छ । नेता नेपाल असार २८ गते स्वदेश फर्कनेछन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी दिने गरेर प्रस्ताव अघि सारेपछि माधव नेपाल पक्षले यसमा असहमति जनाएका थिए । मध्यमार्गको रुपमा पुरानै मापदण्डलाई अगाडि सारिएको नेपाल निकट एक नेताले बताए । यो मापदण्डबाट सहमतिमा जाँदा जिल्ला ईञ्चार्जमा माधव नेपाल पक्षकै बाहुल्यता हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us